बारा (सिम्रौनगढ) । बाराको सिम्रौनगढ नगरपालिकामा विषाक्त खानाका कारण एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलको नरेश रामको परिवारले विषाक्त खाना (माछा) खाँदा उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।
आइतबार अमिरी राम चमारका नाति नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरेका थिए । भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरी खाना पकाएर खाँदा बिरामी भएका ३ जना बालबालिकाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
शनिवार राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू ९ वर्षीया लालिमा राम र ७ वर्षीया पुष्पा राम तथा ५ वर्षीया छोरा कृष्णन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखा परेको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूको उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।
अस्पताल पुग्नुअघि नै ९ वर्षीया लालिमा रामको बाटोमै मृत्यु भएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्थालाई थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा पठाएको थियो ।
नेसनल मेडिकल कलेजमा उपचारको क्रममा गएराति पुष्पा राम र कृष्णदन्दन रामको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । खाना खाएपछि बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिएकाले फुड प्वाइजनको कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरूको प्रारम्भिक अनुमान रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शनिश्चरे तालमा १६ हजार माछाका भुरा हालियो
अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा
चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु
माछा मार्ने क्रममा एक युवकको नदीमा डुबेर मृत्यु
मधेशमा माछा र दूधको उत्पादन बढ्यो