चितवन । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।
पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा चितवनकै रत्ननगर नगरपालिका-८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजेतिर माझी अर्का साथी राजकुमारसँगै माछा मार्न राप्तीमा गएका थिए।
रातकाे समयमा माछा मार्ने क्रममा अविशेकलाई गोहीले तानेर नदीमा डुबाएको राजकुमारले बताएका छन्। खोजीका क्रममा झण्डै पाँच घण्टापछि उनको शव घटनास्थल भन्दा दुई सय मिटर तल भेटिएको हाे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा
माछा मार्ने क्रममा एक युवकको नदीमा डुबेर मृत्यु
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
माछाका भुराको माग उच्च