काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको नेतृत्व छाड्न सुझाव दिएका छन् । स्थायी कमिटीको जारी बैठकमा उनले पेस गरेको लिखित प्रस्तावमा ‘प्रचण्ड’लाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका हुन् ।
२०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका ‘प्रचण्ड’लाई औपचारिक रूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेस भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।
शर्माले ‘प्रचण्ड’माथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?