एजेन्सी । पेरिस ओलम्पिकमा छिमेकी देश चीन ३?९ वटा स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको छ । चीनलाई अमेरिकाले पछ्याइरहेको छ।
पदक तालिकाअनुसार चीतले २७ रजत र २४ कांस्यसहित कूल ९० पदक जितेको छ । यस्तै अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्यसहित कूल १ सय २२ वटा हात पारेको छ । स्वर्ण पदक चीनले धेरै जितेपनि अन्य पदक हेर्दा भने अमेरिकाको धेरै छ ।
तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले कूल ५० पदक जितेको छ भने चौथो स्थानमा रहेको जापानले कूल ४३ पदक रहेको छ ।
आयोजक राष्ट्र फ्रान्स १६ स्वर्णसहित पाँचौँ स्थानमा रहेका छन् । नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका पदकविहीन छन् । ओलम्पिक अगस्ट ११ मा समापन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ साउन २०८१, ०७ : ५०
लेखकबाट थप