मुम्बई । एकता कपुरको चर्चित शो ‘कसौटी जिन्दगी की’ का स्क्रिप्ट लेखक महेश पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । निर्माता जतिन सेठीसँग २ करोड ६५ लाख ठगी गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो ।
पाण्डेलाई अदालतमा पेस गरी न्यायिक हिरासतमा पठाइएको प्रहरी स्रोतले जनाएको छ । यस सम्बन्धमा अम्बोली प्रहरी चौकीका वरिष्ठ प्रहरी अधिकृतले भने, ‘जतिन सेठीले दिएको उजुरीका आधारमा महेश पाण्डेलाई पक्राउ गरिएको हो । जतिन सेठीले महेश पाण्डेलाई २ करोड ६५ लाख ऋण दिएको आरोप लगाएका छन् । तर महेश पाण्डेले पैसा फिर्ता गरेनन् ।
पाण्डेको गिरफ्तारीको बारेमा वकिल रिजवान सिद्दिकीले भने, ‘महेश पाण्डे, उनकी श्रीमती मधु महेश पाण्डे र परिवारका अन्य सदस्यहरू विरुद्ध आईपीसीको धारा ४०६ र ४२० अन्तर्गत मुद्दा दर्ता गरिएको छ।’ महेश पाण्डेले टिभीका लागि धेरै कार्यक्रम लेखेका छन् ।
उनले ‘कहानी घर घर की’ बाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले ‘कसौटी जिन्दगी की’, ‘कसम से’ जस्ता धेरै शो लेखे ।
महेश पाण्डेले धेरै भोजपुरी फिल्मको निर्माण र निर्देशन पनि गरेका छन् । जसमध्ये एउटा फिल्म ‘गब्बर सिंह’ पनि थियो । यो फिल्म एकता कपुरले निर्माण गरेकी हुन् । यो फिल्म ‘शोले’ को भोजपुरी रिमेक थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ