बुटवल । बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
छाडा साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार साउन २० गते डेरीमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी थिइन् । दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिँडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भएकी थिइन् ।
गुल्मीको रेसुंगा नगरपालिका-४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु