काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरेका छन् ।
आज सुरु स्थायी कमिटी बैठकमा उनले अघिल्लो सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान रोक्ने काम भइरहेको बताए ।
उनको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘अघिल्लो सरकारले गरेको सुशासनको काम, भ्रष्टाचारविरोधी काम अगाडि बढाउनको सट्टा राम्रा कामहरूमा पनि अवरोध सिर्जना गर्ने काम भइरहेको छ ।’
उनले बंगलादेशमा घटेको घटनाले नेपालमा पर्ने असर र प्रभावको ख्याल गर्दै त्यसबाट शिक्षा लिनुपर्ने बताए ।
प्रवक्ता सापकोटाले जनताका समग्र समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?