काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरेका छन् ।
आज सुरु स्थायी कमिटी बैठकमा उनले अघिल्लो सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान रोक्ने काम भइरहेको बताए ।
उनको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘अघिल्लो सरकारले गरेको सुशासनको काम, भ्रष्टाचारविरोधी काम अगाडि बढाउनको सट्टा राम्रा कामहरूमा पनि अवरोध सिर्जना गर्ने काम भइरहेको छ ।’
उनले बंगलादेशमा घटेको घटनाले नेपालमा पर्ने असर र प्रभावको ख्याल गर्दै त्यसबाट शिक्षा लिनुपर्ने बताए ।
प्रवक्ता सापकोटाले जनताका समग्र समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा चुनावका लागि महोत्तरी-४ बाट ‘प्रचण्ड’को नाम सिफारिस
प्रचण्डको सचिवालयले भन्यो– 'रास्वपासँग चुनावी सहकार्यका विषयमा कुनै कुराकानी भएको छैन'
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड