विराटनगर। झापा, मोरङ, सुनसरी र इलामबाट लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार दिउँसो झापाको दमक ३ स्थितमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय लोकेन्द्र धिमाल र मोरङ उर्लाबारी-१ का २३ वर्षीय पवन नेपालीलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २ सय ३० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।त्यसैगरी मोरङको विराटनगर-१६ दरैयास्थितमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०४३ प २४४७ नम्बरको मोटरेसाइकलमा सवार मोरङ बेलबारीका ४० वर्षीय सुरज गुरुङ र ४१ वर्षीय डिमकमल राईलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र १५ पिस ट्याब्लेट बरामद गरेको छ ।यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय देवानगन्जले देवानगन्ज गाउँपालिका-२ बाट शिवकुमार मेहतालाई ५ किलोग्राम ६९० ग्राम गाँजासहित पक्राउ गरेको छ ।
प्रहरी चौकी फिक्कलले सूर्योदय नगरपालिका-९ की २१ वर्षीया आनिशा राईलाई ५ सय ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले माइजोगमाई गाउँपालिका-२ का २५ वर्षीय समिर महतलाई ९ सय ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ