काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका क्याप्टेन अरुण मल्ल शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पतालले क्याप्टेन मल्ल शव परिवारलाई जिम्मा लगाइको हो ।
हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार सङ्कलन गर्ने कार्य जारी छ । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचानका लागि तथ्याङ्क सङ्कलन भइरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिए ।
मृतकको पहिचान शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टमबाट पहिचान गरिन्छ । ‘पोस्टमार्टम तथ्याङ्क सङ्कलन कार्य भइरहेको छ, हामीले चाइनिज अफिस कन्सुलरमार्फत मृतकका आफन्तलाई विवरण भर्न आग्रह गरेका छौँ, तर अझै हुन सकेको छैन,’ डा. चौधरीले भने, ‘उहाँहरूले फोटोहरू पठाउने लगायत काम भएको छ ।
डा.चौधरीका अनुसार आफन्तबाट मृतकको पहिचान विवरण सङ्कलन हुन सकेको छैन । पोस्टमार्टम भने सकिएको चौधरीले बताए ।
डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभाग डा. चौधरीको भनाई छ ।
बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु
उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु