काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले सुन तथा गहना चोर्ने र चोरीको सामान किनेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ घर भएका १९ वर्षीय अनिस विष्ट, मोरङको सुन्दरहरैंचा स्थित रोनिस ज्वेलर्सका संचालक महेन्द्र कुमार थापा र खाँदबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय रविन विश्वकर्मा छन् ।
साउन ९ मा विष्टले खाँदबारी–७ स्थित बेलडाँडाको एउटा घरबाट सुनका गहना र मोबाइल चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
चैनपुरबाट बस चढेर इटहरीतर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर राम कुमार लामिछानेले बताए । आरोपीले खाँदबारी–६ स्थित पाङ्खामा दोस्रो घरमा चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
विष्टले चोरेका सुनका गहना महेन्द्र कुमार थापा र रविन विश्वकर्माले खरिद गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ