काठमाडौँ । सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट माधवनारायण नगरपालिका १ बस्ने २४ वर्षीय रमेश साहलाई प्रकरीले नियन्त्रणमा लिएको हो ।
साहाले सर्वसाधारणसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिहरूको जिउ खानतलासी समेत गर्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा उनको झोला भित्र सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोसाक समेत बरामद भएकोले अभद्र व्यवहार मुद्दा शिर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ