काठमाडौँ । मङ्गलवार दिउँसो बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् ।
दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री सहभागी हुने सभापति रामहरि खतिवडाले जानकारी दिए । ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक समिति बैठकमा सहभागी हुन लागेका हुन् ।
यसअघि १६ गतेको बैठकमा आमन्त्रण गरे पनि ओलीले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्री बैठकमा पठाएका थिए । समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री ओलीको सचिवालयले भने अनविज्ञता प्रकट गरेको छ । सञ्चारविज्ञ रामशरण बजगाईँले प्रधानमन्त्री समिति बैठकमा सहभागी हुने सेड्युलमा नभएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री