वर्षासँगै काठमाडौँमा अत्यधिक ट्राफिक जाम

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, ११ : ४४
वर्षासँगै काठमाडौँमा अत्यधिक ट्राफिक जाम

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्तत भएको छ । माइतीघर, बबरमहल, भद्रकाली, थापाथली, बालाजु र त्रिपुरेश्वर क्षेत्रमा अत्यधिक ट्राफिक जाम  भएको हो ।

सडकमा पानी जमेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए । उनले भने, ‘पानी जमेको ठाउँमा सवारीको फ्लो राम्रो हुन सकेको छैन ।’पानी जमेको ठाउँमा दुइपांग्रे सवारी नहिँड्दा र ठुला सवारीको गति कम भएर जाम भएको श्रेष्ठले बताए ।

लैनचोरबाट केशरमहलतर्फको सडक र  माइतीघरबाट भद्रकाली तर्फ जाने सडकमा पानी बगेको छ । माइतीघरको सडकमा पानी बगेको कारण त्यसको असर बबरमहल, थापाथली र कुपण्डोल सम्म देखिएको छ । 

त्रिपुरेश्वर सडकमा पानी जमेपछि  कालीमाटीबाट त्यसतर्फ आउने सवारी बिस्तारै चलेको छ । पुरानो बसपार्क क्षेत्रमा पनि पानीको असरले सवारी आवागमनमा समस्या भएको एसएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस