एजेन्सी । फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न सेमिफाइनलको खेलमा फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक समयमा फ्रान्सले २ गोल गरेपछि ३-१ गोलले विजयी भएको थियो ।
त्यस्तै अर्को सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब स्वर्ण पदकका लागि फ्रान्स र स्पेन अगस्त ९ मा खेल्ने छन् भने ८ अगस्तमा काश्य पदकका लागि मोरक्को र इजिप्ट खेल्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलम्पिकमा स्वर्ण पदक जित्ने पाकिस्तानी खेलाडीलाई ५० हजार अमेरिकन डलर पुरस्कार
चीन पेरिस ओलम्पिकको शीर्ष स्थानमा
पेरिस ओलम्पिकको भव्य उद्घाटन