काठमाडौ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ ।
यही साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन सुरु गरेर शनिबार सकिएको छ । साउन १३ गते प्रथम वर्षका अङ्ग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्रलगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो ।
शनिबार (साउन १९ गते) भने राजनीतिशास्त्र विषयको परीक्षाको नतिजा प्रकाशन गरिएको हो । परीक्षा यही साउन २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षामा ७९६ जना परीक्षार्थी सहभागी थिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २१ साउन २०८१, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाफल प्रकाशित
आज र भोलि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा
स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो
कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता
हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा