धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोरिने भएका छन् । नेपाली कांग्रेस संसदीय दलको अहिले बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी कांग्रेस सांसद गीता चौधरीले शाहको नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिइन् । दलका नेतासमेत रहेका शाहले साढे १२ बजे प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने जनाइएको छ ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आज आइतबार ५ बजेभित्र नयाँ सरकारको दावी पेस गर्न आह्वान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० साउन २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रस्तुत गरे सय दिनको उपलब्धि
सुदूरपश्चिम प्रदेशले भदौ ३१ मा बजेट ल्याउने
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिंदै
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने