बाग्लुङ। बागलुङमा साउनयता २६ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् ।बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेङ्गु र स्क्रबटाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
साउनमा जिल्लाभर २६ जनामा डेङ्गु पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुई जनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो ।'गलकोट डेङ्गु मात्रै हैन स्क्रबटाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ,' जनस्वास्थ्य निरीक्षक घिमिरेले भने, 'अहिले गलकोट नगर अस्पतालमा एक दर्जन डेङ्गु र स्क्रबटाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँच जनामा डेङ्गु र स्क्रबटाइफस पुष्टि भइरहेको छ ।'
गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेङ्गु पुष्टि भइसकेको नगर स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । उनका अनुसार साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् ।अहिले अधिकांशले घरमा उपचार गराइराखेको भन्दै जटिल समस्या देखिएकाको नगर अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिए ।
'असारमा खोज र नष्ट गर अभियान सञ्चालन गरेका थियौं । नगरभित्र असारदेखि अहिलेसम्म ४१ जनामा डेङ्गु र १७ जनामा स्क्रबटाइफस फेला परेको छ । सङ्क्रमण भएका बिरामीमध्ये केही घरमा स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ भने केहीलाई अस्पतालमा राखेर उपचार गरिरहेका छौं,' पौडेलले भने, 'दुई वर्ष अघिसम्म डेङ्गु र स्क्रबटाइफसका बिरामी परीक्षण गर्ने व्यवस्था थिएन, अहिले ताराखोला र बडिगाडबाट पनि बिरामी नगर अस्पताल आउने गरेका छन् ।'
डेङ्गु र स्क्रबटाइफसको उच्च जोखिममा गलकोट नगरपालिका देखिएपछि सतर्कता अपनाउन थालिएको छ । ‘खोज र नष्ट गरौं’अभियान गलकोटमा तीव्ररूपमा सञ्चालन थालिएको बताउँदै सचेतनामूलक कार्यक्रमलाई थप तीव्रता दिइने उनले उल्लेख गरे ।
गलकोट नगर अस्पतालमा दैनिक २५ जनासम्म उच्च ज्वरोका बिरामी आउने गरेका नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिए । अस्पताल आएकामध्ये करिब ३० प्रतिशतमा डेङ्गु र स्क्रबटाइफस पुष्टि हुने गरेको छ ।
'दैनिक २० देखि २५ जना अस्पताल आउनुहुन्छ, परीक्षण गर्दा पाँचदेखि सात जनासम्ममा डेङ्गु र स्क्रबटाइफस पुष्टि हुने गरेको छ,' डा. पौडेलले भने, 'गलकोटमा उच्च सतर्कता अपनाउन आवश्यक छ ।अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने, रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भएको जनाउँदै सबैमा डेङ्गु सङ्क्रमण भने नदेखिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेङ्गु संक्रमण बढेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु
गण्डकी प्रदेशमा आठ सय बढीमा डेङ्गु सङ्क्रमण
चितवनमा १५ दिनमा २० जनामा डेङ्गुको सङ्क्रमण
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च
गण्डकीमा डेङ्गुबाट सात जनाको मृत्यु
बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण