एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन तथा मद्दत गर्न मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने भएको छ ।
इरानमा हमास नेता इस्माइल हनियाह र लेबनानी लडाकु समूह हिजबुल्लाहका प्रमुख कमाण्डरको हत्यालाई लिएर यस क्षेत्रमा तनाव उच्च छ।
मिसाइल रक्षा बलहरू तैनाथ गर्नको लागि बढ्दो तयारीको अवस्थामा राखिएको पेन्टागनले बताएको छ । अमेरिका इजरायलको बलियो सारथि हो ।
इरानका नेता अयातोल्लाह खामेनीले हनियाहको हत्याका लागि इजरायललाई 'कठोर सजाय' दिने बताउँदै आएका छन् भने तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।
बुधवार तेहरानमा हमास नेता मारिएका थिए । इरान र गाजाले हत्यामा इजरायललाई दोष लगाएपनि इजरायलले नै भने केही टिप्पणी गरेको छैन।
पेन्टागनको एक विज्ञप्तिमा भनिएको छ कि नयाँ तैनाथीले अमेरिकी सेनाको सुरक्षामा सुधार ल्याउनेछ भने इजरायलको रक्षाका लागि समर्थन बढाउनेछ । विभिन्न आकस्मिक परिस्थितिहरूमा प्रतिक्रिया दिन अमेरिका तयार छ भन्ने कुरा सुनिश्चित गर्ने पनि पेन्टागनको भनाइ छ ।
तैनातीमा थप ब्यालिस्टिक मिसाइल रक्षा–सक्षम क्रूजर र विनाशकहरू समावेश हुने बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा