राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना, उत्कृष्टलाई ५० हजार पुरस्कार

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०८१, ०८ : ४३
राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना, उत्कृष्टलाई ५० हजार पुरस्कार

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राष्ट्रव्यापी लेख प्रतियोगिताको आयोजना गरेको छ । 

८० को दशक : युवा र विद्यार्थी विषयवस्तु केन्द्रित रहेर राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना गरिएको नेविसंघ प्रवक्ता सुरज सेजुवालले बताए ।

२०९० सालसम्म कस्तो देश बनोस् भन्ने परिकल्पना गर्नुहुन्छ र त्यसका लागि विविध क्षेत्रमा के के गर्नुपर्छ भन्ने प्रश्नको उत्तर प्रतिबिम्बित हुनेगरी लेख लेख्नुपर्ने प्रवक्ता सेजुवालले बताए ।

 लेखिएका लेखमध्ये सर्वोत्तमलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नेविसंघले जनाएको छ । त्यस्तै २० वटा लेखहरूलाई समेत पुरस्कार प्रदान गरिनेछ ।

५०० देखि १२०० शब्दमा लेख्नुपर्ने लेख साउन ३२ गतेभित्र पठाइसक्नुपर्ने नेविसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस