काठमाडौँ । जापानको प्रतिनिधि सभाका चार सदस्यले नेपाल भ्रमण गरेका छन् । ‘स्ट्यान्डिङ कमिटी अफ जुडिसियल अफियर्स’ का अध्यक्ष ताकेबे अर्ताको नेतृत्वमा उनीहरूले साउन १२ देखि १५ सम्म नेपाल भ्रमण गरेका हुन् ।
उक्त टोलीका सदस्यहरूमा मकिहारा हिदेकी, मिचिसिता दाइकी र ओगुची योसिनोरी रहेका थिए । केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि जापानबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
भ्रमण टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको थियो । त्यसै गरी, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन