काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले कर्णलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
कर्णले कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकीदारसँग निजलाई चौकीदारबाट हटाउने र अरू कुनै सुविधा नदिने तथा कैदकट्टा/माफी मिनाहाका लागि सिफारिस गर्दा असहयोग गर्ने लगायतको विषय देखाइ दान, दातव्य, उपहार स्वरुप पाँच हजार मूल्य पर्ने जुत्ता र एक हजार २६ हजार ४०० रुपैयाँ पर्ने ‘एलइडी’ टेलिभिजन लिएको अख्तियारको दाबी छ ।
कर्णले जम्मा एक लाख ३१ हजार ४०० रुपैयाँको सामान र एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस