काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । बुधवार उनले समितिको सभा कक्षमा शपथग्रहण गरेकी हुन् । सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनीयताको शपथ ग्रहण गराएका हुन् ।
डा. आरजु देउवा राणा परराष्ट्र मन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी हुन् । शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि अर्थ विज्ञलाई मन्त्रालयले सोध्यो १५ दिने स्पष्टीकरण
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
होटेलको सीसीटीभी फुटेज र बिल झिकाइ पाऊँ भन्दै रास्वपा सांसद कठायतले दिइन् उजुरी
कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्रालय
कृषिबाट आयआर्जन गर्दै दलित महिला