कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, १५ : ३५
कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

काठमाडौं । नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिंदैछ । त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस