धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन् ।
मुख्यमन्त्रीकाे आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाकाे बैठक बाेलाएका प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
राजनीतिक समीकरण फेरिएर एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री साेडारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले र कांग्रेसकाे गठबन्धन बनेपछि साेडारी अल्पमतमा परेका छन् ।
साेडारीलाई अहिले नेकपा माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिकाे रञ्जिता पक्षका एक जना गरेर १५ जनाकाे मात्र समर्थन छ । जबकी ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जनाकाे समर्थन आवश्यक पर्छ ।
कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा र स्वतन्त्र १/१ गरेर ३७ जना विपक्षमा छन् । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका साेडारीले चालू वर्षको बजेट पारित गराउन नसक्दा साउन १ देखि सुदूरपश्चिम बजेट शून्यताको स्थिति छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण