काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ ।
बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल हुने कार्यसूची छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ ।
पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नागढुंगा सुरुङ मार्ग र नागढुंगा–मुग्लिङ सडक खण्डका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सुरु हुनेछ । बैठकमा सिंहदरबार वैद्यखानाको अवलोकन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रिटिस गोर्खाद्वारा नागरिकता निरन्तरताको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण
गृहमन्त्रीसँग चिनियाँ राजदूतको तीन चासो
गृहमन्त्रीले पिर्के सलामी नलिने
चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ
गृहमन्त्री गुरुङ मध्यरातमा प्रहरी शिक्षालयको निरीक्षणमा पुग्दा...
गृहमन्त्री सुधन गुरुङद्वारा चितवनको पहिरोबाट प्रभावित सडक क्षेत्रको अवलोकन