काठमाडौं। नयाँ दिल्ली– भारतको पूर्वी राज्य झारखण्डमा मङ्गलवार रेल दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
दुर्घटना झारखण्डको राजधानी राँचीबाट करिब १२३ किलोमिटरमा रहेको पश्चिम सिंहभूम जिल्लाको चक्रधरपुरको बडाबाम्बु स्टेसननजिकै भएको उनीहरूले जनाएका छन् ।
‘बडाबाम्बुनजिकै हावडा–मुम्बई मेल एक्सप्रेसको रेलका १८ वटा डिब्बा लिकबाट खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। एनडीआरएफको टोली घटनास्थलमा खटिरहेको छ र उद्धार कार्य जारी छ,’ दुर्घटनास्थलमा रहेका पश्चिम सिंहभूमका उप–आयुक्त कुलदीप चौधरीले बताए ।
अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त रेल हावडाबाट मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनसतर्फ जाँदै गरेको थियो ।
रेलवे अधिकारीहरूले राहत र उद्धार कार्यका लागि कर्मचारीसहित आवश्यक राहत र चिकित्सा उपकरण तुरुन्तै घटनास्थलमा पुर्याएको जनाएका छन् । साथै प्रभावित यात्रुलाई बसमार्फत नजिकैको रेलवे स्टेसनमा लगि बाँकी यात्राका लागि 'विशेष रेल'को व्यवस्था गरिएको उनीहरूले बताएका छन् ।
अधिकारीहरूले रेलको लिकबाट खसेका १८ डिब्बामध्ये १६ वटामा यात्रु सवार रहेको , एउटामा पावर कार र एउटामा प्यान्ट्री कार रहेको जनाएका छन् ।
हावडा–मुम्बई मेल एक्सप्रेसको रेल लिकबाट खसेपछि छेउमा रहेको मालबहाक रेलसँग ठोक्किदा यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
यसैबीच, भारतीय रेलवेले यात्रुलाई सहयोग गर्न हेल्पलाइन नम्बरहरू पनि जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुम्बईमा गुडिरहेको रेलबाट १० यात्रु खसे
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्र मन्त्रीद्वारा दुःख व्यक्त
भारतमा रेल दुर्घटना, ११ जनाको मृत्यु
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा रेल दुर्घटना : पाँचको मृत्यु, २५ जनाभन्दा बढी घाइते