टेक्सस । अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे । यस घटनाबारे छानबिन गरिरहेको प्रहरीले बताएको छ ।
यो घटना सोमबार बिहान ५ः२० बजेतिरको भएको बताइएको छ । घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ । त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए । उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् ।
वलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् । वलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स