काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान करिब साढे ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ६ घण्टा सबै मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुनेका हुन् ।
नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवहरूले आ-आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृत रूपमा ब्रिफिङ गरेका थिए ।
सचिवहरूको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘भनिन्छ, ‘समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलवार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
बजेट प्रस्तुतपछि राति प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे: ‘ढुक्क हुनुस्’
गणतन्त्र समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा
प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता