काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान करिब साढे ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ६ घण्टा सबै मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुनेका हुन् ।
नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवहरूले आ-आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृत रूपमा ब्रिफिङ गरेका थिए ।
सचिवहरूको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘भनिन्छ, ‘समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलवार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोन संवाद हुने
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई