काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ परेका छन् । सो आरोपमा धादिङको गल्छी ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङ र गल्छी ५ सागिने बस्ने २० वर्षीय सरोज तामाङलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक प्रहरीले प्रकाशलाई बागमती प्रदेश –०२–०३३ प २७८९ नम्बर र सरोजलाई ०२–०३७ प ८८५१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
शुक्रबार नियन्त्रणमा लिइएका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले आइतबार जानकारी दिएका छन् । चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ