काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ परेका छन् । सो आरोपमा धादिङको गल्छी ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङ र गल्छी ५ सागिने बस्ने २० वर्षीय सरोज तामाङलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक प्रहरीले प्रकाशलाई बागमती प्रदेश –०२–०३३ प २७८९ नम्बर र सरोजलाई ०२–०३७ प ८८५१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
शुक्रबार नियन्त्रणमा लिइएका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले आइतबार जानकारी दिएका छन् । चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ