गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ ।
पटकपटक अबरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अबरुद्ध भएको छ । सडकको ट्रयाक नै बगाएपछि सडक खुल्न नसकेको हो । वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
करिडोर सडक बागलुङ–१० स्थित दब्ल्याङमा सडकको ट्रयाक नै बगेकाले सडक खुल्ल समय लाग्ने भएको छ । उक्त पहिरोले बलेवा, कुश्मिसेरा र बरेङ सडकसमेत चार दिनदेखि अबरुद्ध बनाएको छ । पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट बिच्छेद भएपछि यात्रुहरु पैदल हिँडेर आउ जाउँ गर्न बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
कालीगण्डकी करिडोर गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा
कालीगण्डकी करिडोर: बादरजुङ र काभ्रेभिरको यात्रा सहज