काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मीना थापाले जानकारी दिइन् ।
‘उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । हिजो एमआरआई गर्दा खासै जटिलता नदेखिएपछि आईसीयूबाट सारेका छौं,’ डा. थापाले भनिन् । शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक
यस्तो आयो सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट