ललितपुर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्याउन सक्दा मात्र जनताले वास्तविक परिवर्तनको अनुभूत गर्ने बताएका छन् ।
आफुले सरकारमा हुँदा त्यही प्राथमिकतामा काम गरेको र सुशासनका पक्षमा तथा भ्रष्टाचारका विरुद्धमा ठुल्ठुला अभियान सुरु गरेको बताए । शुक्रबार हात्तीवनस्थित ज्ञाननगर मार्गमा आयोजित 'भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना सहयोग समिति'का निर्वाचित पदाधिकारीलाई सपथ गराउने र प्रमाणपत्र वितरण गर्ने समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् ।
तीन वर्षमा सम्पन्न भैसक्नुपर्ने भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना १० वर्ष भैसक्दा पनि पुरा नभएको तर अब सहयोग समिति र उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले आवश्यक समन्वय गरेर कामलाई गति दिने विश्वास उनले व्यक्त गरे । यहीँ बसोबास गरिरहेकोले सहयोग समितिको पनि सहयोगी भूमिकामा आफू रहने प्रतिबद्धता उनले जनाए ।
जग्गा एकीकरण आयोजनामा सहभागी भएर पनि कयौंले अझै धनीपुर्जा नपाएको, खोलाको सीमाङ्कनको विवाद अदालत पुगेको, आयोजनामा पर्ने जग्गा अझै व्यक्तिसँगै रहेको जस्ता समस्या आपसी छलफल र मैत्रीपुर्ण सामाजिक समन्वयबाट समाधान गर्न सकिने उनले बताए । आयोजना भित्रको विकास, सुविधा र सुरक्षाका सबै पूर्वाधार छिटो सम्पन्न गर्न समेत उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ