काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार बैंकले, शशिला मोटर्स तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा कम्पनीहरूले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् नियमानुसार ३ कार्यदिन भित्र कर्जा प्रवाह गर्नेछ ।
ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । बैंकले व्यक्तिगत प्रयोगकर्तालाई ‘अटो लोन’ तथा भाडाको प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेको छ ।
ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यु
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
ग्लोबल आइएमई बैंकले भव्य रूपमा मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस
ग्लोबल आइएमई बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमा रियल टाइम डलर कार्ड लोड सुविधा
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु