काठमाडौ । नेपाल प्रहरीका २९ कर्मचारी लामो समयदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत जनाएको छ ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले बिहीबार ७ दिने सूचना प्रकाशित गरेको हो।
‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईंहरूलाई सफाइको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ’, सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)