काठमाडौँ । गृह मन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्ने बताएका छन्। बुधबार ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो।
जहाजमा रहेका क्याप्टेन मनीष शाक्य मात्रै जीवित छन् भने १८ जनाको मृत्यु भएको छ। घटनास्थल निरीक्षणमा पुगेका गृहमन्त्री लेखकले दुःखद घटना घटेको र यसको छानबिन गर्ने बताएका छन्।
‘दुःखद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौँ,’ लेखकले पत्रकारहरूसँग भने, ‘विस्तृतमा छानबिन गर्छौँ।’ जहाज दुर्घटनापछि अग्नि नियन्त्रकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत उद्धारमा खटिएका थिए।
क्याप्टेन शाक्यलाई उद्धार गरेर उपचार गर्न अस्पताल पुर्याइएको थियो। उनी बोल्न सक्ने र खतरामुक्त अवस्थामा रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
सौर्यको ९ एन-एएमईरसिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक
अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक