काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विभाग प्रमुखहरुको बैठक आज बस्दै छ। बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय बनस्थली, काठमाडौँमा बैठक बस्ने सो पार्टीले जनाएको छ।
रास्वपामा हाल ३८ वटा केन्द्रीय विभाग छन्। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभाग प्रमुखहरुले विभागको प्रगति समीक्षा पेश गर्ने, विभागको समस्या, चुनौति र भावि कार्ययोजना लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
रास्वपाको केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख, सचिव, सदस्य गरी ११ जना रहने ब्यवस्था छ। त्यस्तै प्रदेश विभागमा ९ जना र पालिका विभागमा ७ जना रहने ब्यवस्था छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो