काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विभाग प्रमुखहरुको बैठक आज बस्दै छ। बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय बनस्थली, काठमाडौँमा बैठक बस्ने सो पार्टीले जनाएको छ।
रास्वपामा हाल ३८ वटा केन्द्रीय विभाग छन्। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभाग प्रमुखहरुले विभागको प्रगति समीक्षा पेश गर्ने, विभागको समस्या, चुनौति र भावि कार्ययोजना लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
रास्वपाको केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख, सचिव, सदस्य गरी ११ जना रहने ब्यवस्था छ। त्यस्तै प्रदेश विभागमा ९ जना र पालिका विभागमा ७ जना रहने ब्यवस्था छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावको मुखमै रास्वपा सभापति रवि लामिछाने भारत जाँदै
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश
रास्वपाको दोहोरै नीति : फरक व्यवहार, एकै ऐनामा दुई अनुहार