काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो।
दुई दिनअघि १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा भएर उच्च रेकर्ड बनाएको अमेरिकी डलर हिजो केही घटेको थियो। आज पुनः बढेर अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो।
त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनियम दर
यस्तो छ आज विदेशी मुद्राको विनियम दर