काठमाडौँ ।नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएर सोही अनुरूपको क्रियाकलाप गर्न दबाब दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
आफूले भनेको नमाने सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरी दिन्छु भनी चरित्र हत्या गरेको भन्दै पीडित नाबालिकाकी आमाले साइबर ब्युरोमा निवेदन दिएपछि उनी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई हाल काठमाडौँ– २८ बागबजार बस्ने जेएच अजवान रहेका छन् । निजलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट दिन पाँच म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ