काठमाडौँ । इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट खेल २४१ रनले जितेको छ । इङल्याण्डले दिएको ३८५ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले खेलको चौथो दिन १४३ रन मात्र बनाएपछि इङल्याण्ड २४१ रनले विजयी भएको हो ।
यसअघि इङल्याण्डले आफ्नो पहिलो इनिंगमा ४१६ रन बनाएको थियो भने जवाफमा वेस्ट इन्डिजले ४५७ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो इनिंगमा ४२५ रन बनाएको जवाफमा वेस्ट इन्डिज १४३ रनमा अल आउट भएको थियो ।
यस खेलमा इङल्याण्डको पहिलो इनिंगमा १२१ र दोस्रो इनिंगमा ५१ रन बनाएका ओली पोप प्लेयर अफ द म्याच बनेका छन् । यस अघि खेलेको पहिलो टेस्ट इङल्याण्डले एक इनिंग र ११४ रनले जितेको थियो ।
यो जितपछि इङल्याण्ड तीन खेलको सिरिजमा २-० ले अगाडी भएको छ । अब सिरिजको तेस्रो खेल जुलाई २६ मा हुने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकपमा आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित
नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित दर्ता गरेको नेपाल आज दोस्रो खेल खेल्दै
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल