काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक परियारले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति