काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मन्त्रीहरूले गलत काम गरे आलोचना गर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले आइतबार गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूले गलत काम गरे आलोचना गर्नुपर्ने बताएका हुन्।
‘जनभावना विरोधी काम गर्ने छुट न त प्रधानमन्त्रीलाई छ, न मन्त्रीलाई छ,’ कोइरालाले भने, ‘पार्टी सरकारमा छ भनेर गलत काम गर्दा पनि चुप बस्न हुँदैन, गलत काम गरे आलोचना गर्नुपर्छ।’
कांग्रेस र एमाले मिलेर सरकार बनाएकोले गल्ती गर्ने छुट नभएको पनि उनले बताए। जनताले सुशासनको अनुभुति हुने गरी सरकारले काम गर्नुपर्ने कोइरालाको भनाइ छ। अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनले बताए।
‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला