काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुनेछ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी यही मूल्यमा कारोबार भएको थियो। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक उच्च हो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनियम दर
यस्तो छ आज विदेशी मुद्राको विनियम दर