नवलपरासी । नवलपरासी पश्चिममा विषालु सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासीको बर्दघाट नगरपालिका-१४ की २० वर्षीया सोनिया खनाल छिन्।
उनलाई शुक्रबार राति पिसाब फेर्न गएको बेला विषालु सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवरपरासी पश्चिमले जनाएको छ।
सर्पले टोकेपछि उनलाई उपचारका लागि सुरुमा स्थानीय सरोज मेडिकलमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भएपछि जिल्ला अस्पताल परासी पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन्।
उपचारमा आउन ढिलाइ हुँदा युवतीलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु
गोमन सर्पले डस्दा सर्लाहीमा एक युवकको मृत्यु
सर्पले टोकेर बालकको मृत्यु
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
गोमन सर्पले डस्दा वृद्धाको मृत्यु
सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते