काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच आज भेटवार्ता भएको छ । भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवं सहरी विकास मन्त्री सिंहलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना दिए ।
भेटमा नेपाल र चीन बिचमा सहरी विकासको क्षेत्रमा के–के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।‘नेपाल र चीनका बिचमा सहरी विकासको क्षेत्रमा कुन कुन विषयमा सहकार्य हुनसक्छ । अहिले के भइरहेको छ भन्नेबारेमा सामान्य समीक्षा भयो’ सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौँ । स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौँ । ट्राफिक लाइट, रोड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भयो । हामीले चीनसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा १० वटा हिमाली सहर बनाउने भनेर राखेका छौँ । त्यसमा पनि चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयो ।’
त्यस्तै रुकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुन:निर्माणमा समेत सघाउन तयार रहेको राजदूतले भेटका क्रममा बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपप्रधानमन्त्री सिंह र सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता, समयमै काम गर्न निर्देशन
उपप्रधानमन्त्री सिंहसँग भूमि आयोगका अध्यक्षहरूले गरे भेट
सरकारमा अस्थिरता बढेकैले कांग्रेस-एमालेले ७ बुँदे सहमति गरेका हुन् : उपप्रधानमन्त्री सिंह
बौद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएका छन् : उपप्रधानमन्त्री सिंह
चुरे संरक्षणका लागि दोहन रोकौँ’: उपप्रधानमन्त्री सिंह
देशमा केही भएको छैन भन्ने गलत भाष्य भ्रम फैलाउने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री सिंह