काठमाडौं । सांसद अमरेशकुमार सिंहले शिक्षकका ट्रेड युनियन खारेज गर्न खोज्दा सरकार परिवर्तन भएको अभिव्यक्ति दिएका छन् । बिहीबार संसद्को शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा सिंहले यस्तो बोलेका हुन् ।
“यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठले केही परिवर्तन सुरु गरेकी थिइन्, तर टिक्न दिइएन, शिक्षकका ट्रेड युनियन खारेज गरौँभन्दा सरकार नै गयो,” उनले भने । समिति बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकमाथि छलफल जारी छ ।सांसद सिंहले विद्यालयमा शिक्षकका ट्रेड युनियन खारेज हुने र प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्ति गर्ने व्यवस्था राखिनुपर्ने संशोधन प्रस्ताव राखेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई लुम्बिनीमा झट्का, निर्वतमान सांसदले नै छोडे पार्टी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’