काठमाडौं । सांसद अमरेशकुमार सिंहले शिक्षकका ट्रेड युनियन खारेज गर्न खोज्दा सरकार परिवर्तन भएको अभिव्यक्ति दिएका छन् । बिहीबार संसद्को शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा सिंहले यस्तो बोलेका हुन् ।
“यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठले केही परिवर्तन सुरु गरेकी थिइन्, तर टिक्न दिइएन, शिक्षकका ट्रेड युनियन खारेज गरौँभन्दा सरकार नै गयो,” उनले भने । समिति बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकमाथि छलफल जारी छ ।सांसद सिंहले विद्यालयमा शिक्षकका ट्रेड युनियन खारेज हुने र प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्ति गर्ने व्यवस्था राखिनुपर्ने संशोधन प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा