काठमाडौँ। तातो लहरका कारण इटालीमा पाँच जनाको ज्यान गएको छ । देशभरमा कीर्तिमानी उच्च तापक्रम रेकर्ड भएको बताइएको छ । दक्षिणी अपुलिया क्षेत्रमा समुद्र तटमा गर्मीबाट बच्न खोज्दा ७० देखि ८२ वर्षका चार जनाको मृत्यु भएको एएनएसए समाचार एजेन्सीले जनाएको छ ।
हालसम्म सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये अपुलिया रहेको छ। स्थानीय निकायले अध्यादेश जारी गर्दै आगामी अगस्ट ३१ सम्म निर्माण र बगैंचा केन्द्रको काम दिउँसो गर्न निषेध गरेको थियो । पाँचौं मृतक मध्य लाजियोका रहेका छन् । जुन रोम वरपरको क्षेत्र हो ।
समाचार एजेन्सीका अनुसार उच्च तापक्रमका कारण हृदयाघात भएको र मृत्यु भएको हुनसक्ने बताइएको छ । राजधानीको उपनगरमा एक ६८ वर्षीय पुरुष सडकमा मृत अवस्थामा फेला परेका थिए ।
लाजियोका स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रोम लगायत यस क्षेत्रका सबै पाँच प्रान्तहरूमा जुलाई १७ सम्मका लागि तातो मौसम चेतावनी जारी गरेका छन् । गर्मीको लहरले लाजियो, अपुलिया, दक्षिणी क्यालाब्रिया र सिसिलीमा व्यापक जंगलमा आगलागी भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
पोखरीमा डुबेर दुई जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु