काठमाडौँ । समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले मङ्गलवार बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको ‘विप्लव’को निजी सचिवालयले जनाएको छ ।
मङ्गलवार दिउँसो ४ बजे एकीकृत समाजवादीको कार्यालय आलोक नगरमा बैठक बस्ने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताबाट बाहिरिएपछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो । मोर्चामा ल्याउन ‘विप्लव’ले जसपा नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मसाल लगायत दलहरूसँग परामर्श गरेको जनाइएको छ ।
असार १७ गते राति दुई ठुला दल काँग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका ‘प्रचण्ड’कै आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा असार २६ गते मोर्चाको बैठक बसेको थियो । त्यस बैठकमा संविधान संशोधनमार्फत प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै वामपन्थी एकतादेखि ध्रुवीकरण गरी सदन र सडक सङ्घर्षमा जाने सहमति गरेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा काँग्रेस, जसपा र लोसपा सहभागी भएको दुई तिहाइको सरकार गठन भइसकेको छ ।
गत वर्ष असार ४ गते माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा गरी चार दल मिलेर मोर्चा गठन गरेका थिए । मोर्चामा सहभागी दल जनता समाजवादी दल विभाजन भएपछि दुवै दल अहिले मोर्चाबाट बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने