मोरङ । बिराटनगर महानगरपालिका-४ ईक्राहिस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय २ किलोग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय सुरेश लिम्बु, धनकुटा सागुरिगडि गाउँपालिका-२ बस्ने ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बा.६ च ४६८९ नम्बरको कारलाई जाँच गर्न क्रममा डिकीमा उक्त गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ