काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित भएका छन् । फागुन १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाएदेखि असन्तुष्ट उनी ओलीलाई बधाई दिन शीतल निवास नगएका हुन्। ओलीले शपथ लिँदा पूर्वप्रधामन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलानाथ खनाल भने सहभागी थिए । त्यसैगरी अन्य पूर्वप्रधानमन्त्रीहरू पनि पुगेका थिए ।
ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई पनि पुगेका थिए । एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनदेखि नेपालको ओलीसँगको सम्बन्ध राम्रो छैन । गत फागुन २१ एमाले-माओवादी गठबन्धन बन्दा नेपाललाई फकाउन ओली कोटेश्वर गएका थिए ।
तर त्यसपछि नयाँ गठबन्धन भत्काएर नेपालले प्रधानमन्त्री बन्न चलखेल गरेको भन्दै ओली रुष्ट भएका थिए । यही असार १७ गते राति ठूला दलको मोर्चा बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी बेवास्ताम परेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि ओलीको सपथमा देखिएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली