काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् ।
मन्त्रिपरिषदमा काँग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । काँग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।
यस्तो छ ओली क्याबिनेट
प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री
पृथ्वी सुब्बा गुरुङ : सञ्चारमन्त्री
रमेश लेखक : गृहमन्त्री
शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. आरजु देउवा : परराष्ट्रमन्त्री
प्रदीप यादव : खानेपानीमन्त्री
बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री
दामोदर भण्डारीः उद्योग मन्त्री
नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री
देवेन्द्र दाहालः भौतिक पूर्वाधारमनत्री
तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री
प्रदीप पौडेलस् स्वास्थ्य तथा जनसंख्यामन्त्री
अजय चौरसियाः कानूनमन्त्री
बद्रीप्रसाद पाण्डे : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
रामनाथ अधिकारी : कृषिमन्त्री
विद्या भट्टराईः शिक्षामन्त्री
मानवीर राईः रक्षामन्त्री
दिपक खड्काः उर्जा
राजकुमार गुप्ताः संघीय व्यवस्थामन्त्री
ऐनबहादुर शाही ठकुरीः बनमन्त्री
काँग्रेसबाट मन्त्री प्रकाशमान सिंह र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले पद तथा गोपनीयताको शपथ गरेका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद्को बैठकले के के गर्यो निर्णय ?
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, जहाज दुर्घटनाबारे छानबिन गरिने